ग्राण्डी अस्पतालमा स्टाफ नर्स र क्यासियरका लागि रोजगारीको अवसर

काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले १४ जना कर्मचारी माग गरेको छ । अस्पतालले बुधबार सूचना जारी गर्दैे स्टाफ नर्स १० जना र क्यासियर चार जनाको लागि आवेदन खुलाएको हो ।
अस्पतालका अनुसार स्टाफ नर्सका लागि उम्मेदवारको न्यूनतम योग्यता पिसीएल, बिएससी, बीएनमा नर्सिङ गरेको हुनुपर्ने र न्यूनतम एक वर्ष डाइलासिस तथा अपरेसन थ्रेटरमा कार्यअनुभव भएको तोकेको छ । क्यासियरका लागि भने १२ कक्षा उत्तीर्ण गरेको हुनुपर्ने अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार इच्छुक आवेदकले २७ अप्रिलसम्म आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया