NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

सबै दलले चुनावी गठबन्धन गरे पनि एमालेलाई केही फरक पर्दैन : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी प्रतिपक्षमा रहँदा चुनावी परिणाममा कुनै फरक नपर्ने जिकिर गरेका छन् । ०७४ को निर्वाचनमा प्रतिपक्षमा रहँदा एमालेले बहुमत ल्याएको भन्दै आगामी निर्वाचनमा पनि बहुमत ल्याउने दाबी गरे ।

May be an image of 2 people, people standing and indoor

‘अहिले हामी षड्यन्त्रमुलक ढंगले प्रतिपक्षमा पुगेका छौं । गत निर्वाचनमा पनि हामी प्रतिपक्षमै थियौं । जनताले एमालेलाई बहुमत दिए’,

केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘देशभर एमालेको संगठन बलियो भएकाले पहिलेको भन्दा स्थिति धेरै मजबुद छ । एमालेलाई प्रवेश निषेध गरिएको ठाउँमा पनि हाम्रो उपस्थिति बलियो रहेको छ ।’

आगामी निर्वाचनमा आत्मविश्वासका साथ अघि बढ्न नेता तथा कार्यकर्ताहरूलाई उनले निर्देशन दिएका छन् । उनले एमालेबाहेक अन्य सबैदल एक भएर चुनावी गठबन्धन गरे पनि आफ्नो पार्टीलाई कुनै फरक नपर्ने जिकिर गरे ।