सातवटै प्रदेशमा सत्तारुढ दलले चुनावी सभा गर्ने, क–कसले गर्दैछन् सम्बोधन ?

काठमाडौं । सत्तारुढ पाँच दलले वैशाख ३० को स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै ७ वटै प्रदेशम चुनावी सभा गर्ने भएका छन् ।
रामचन्द्र पौडेल संयोजकत्वको स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरूको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बैठकले सातवटै प्रदेशमा चुनावी सभा गर्ने निर्णय गरेको हो ।
यी सभालाई गठबन्धनका प्रमुख नेता गठबन्धनका संयोजकसमेत गरी ६ जना शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् ।
यस्ता सभा १८ वैशाखमा धनगढी र सुर्खेतमा, बुटवल र पोखरामा १९ वैशाखमा, विराटनगर र जनकपुरमा २० वैशाखमा र २२ वैशाखमा काठमाडौंमा हुनेछ ।
एमालेविरुद्ध जित्न सत्ता गठबन्धनले देशैभर चुनावी तालमेल गर्दैछन् ।
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया