NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

नेप्सेमा सामान्य सुधार, १ अर्ब ६२ करोडको कारोबार

काठमाडाैं । साताको अन्तिम दिन नेप्सेमा सामान्य सुधार भएको छ । नेपाल स्टक एक्सेञ्च (नेप्स) का अनुसार बुधबार घटेको नेप्से आज सामान्य बढेको हो ।

आज नेप्से ४.९४ अंकले बढेर २३२५.४५ विन्दुमा पुगेको छ । बुधबार नेप्से ३६.७३ अंकले घटेर २३२०.५१ विन्दुमा पुगेको थियो । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.०६ अंकले बढेर ४४३.१४ मा पुगेको छ ।

बिहीबार नेप्सेमा सुधार भएसँगै कारोबार रकम पनि केही बढेको छ । आज कुल २३१ कम्पनीको ३९ लाख ९१ हजार ५१ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ६२ करोड ९१ लाख ६८ हजार ८४८ रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका ५ उपसमूहबाहेक अन्य उपसूचक बढेका छन् । आज सबैभन्दा धेरै अन्यको सेयर मूल्य २.०५ प्रतिशतले बढेको छ । त्यस्तै होटल तथा पर्यटन १.०४, विकास बैंक ०.८९, जलविद्युत् ०.४१, उत्पादन ०.२५, लघुवित्त ०.१४, जीवन बीमा ०.५९ र लगानी ०.४४ अंकले उकालो लागेको छ । बैंकिङ ०.२९, व्यापार ०.८५, वित्त०.७२, सामूहिक लगानी ०.३ प्रतिशत र निर्जीवन बीमा ०.८  प्रतिशतले घटेको छ ।

नेप्सेमा सामान्य सुधार आए सँगै आज सबैभन्दा धेरै ग्रिन भेञ्चर्स र जलपा सामुदायिक लघुवित्तका लगानीकर्ताले कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १०  प्रतिशतका दरले कमाएका हुन् । बुधबार पनि ती दुबै कम्पनीले सबैभन्दा धेरै कमाएका थिए ।

त्यस्तै आज सबैभन्दा बढी घलेम्दी हाडड्रो लिमिटेड कम्पनीका लगानीकर्ताले गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ६.३० प्रतिशतका दरले गुमाएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष