चार राउण्ड गोली र नक्कली सुनसहित एक महिला पक्राउ

काठमाडौं । चार राउण्ड गोली, नक्कली सुन तथा विभिन्न सामानसहित एक जना महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा कोटेश्वर नरेफाँट बस्ने प्रमिला तामाङ रहेकी छिन् ।
उनलाई बुधबार दिउँसो प्रहरीले उनकै कोठाबाट नेपाली सेनाको जर्सी एक थान, नेपाली सेनाको कम्ब्याट पोसाक एक थान, केशव बहादुर धानुकको राहदानी एक थान, मोबाइल चार थान त्यस्तै विभिन्न व्यक्तिका नामको चेक तथा नागरिकता, कागजात लगायत अन्य विभिन्न सामानसहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बरामद भएका गोली, पँहेलो धातु लगायतको कागजात सम्बन्धमा प्रहरी वृत्त नयाँ बानेश्वरबाट थप अनुसन्धान भइरहेको छ ।
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया