चार राउण्ड गोली र नक्कली सुनसहित एक महिला पक्राउ
काठमाडौं । चार राउण्ड गोली, नक्कली सुन तथा विभिन्न सामानसहित एक जना महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा कोटेश्वर नरेफाँट बस्ने प्रमिला तामाङ रहेकी छिन् ।
उनलाई बुधबार दिउँसो प्रहरीले उनकै कोठाबाट नेपाली सेनाको जर्सी एक थान, नेपाली सेनाको कम्ब्याट पोसाक एक थान, केशव बहादुर धानुकको राहदानी एक थान, मोबाइल चार थान त्यस्तै विभिन्न व्यक्तिका नामको चेक तथा नागरिकता, कागजात लगायत अन्य विभिन्न सामानसहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बरामद भएका गोली, पँहेलो धातु लगायतको कागजात सम्बन्धमा प्रहरी वृत्त नयाँ बानेश्वरबाट थप अनुसन्धान भइरहेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया