NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

महारानी एलिजाबेथलाई जन्मदिनमा बार्बीकाे क्विन उपहार

काठमाडौं । बेलायतकी महारानी एलिजाबेथ बिहीबार ९६ वर्षकी भइन् । उनको जन्मदिनमा बेलायती राजधानीको टावर अफ लन्डन र हाइड पार्कबाट राउण्ड फायर गरिने छ र त्यहाँ आर्मी ब्यान्डले ‘ह्याप्पी बर्थडे’ गीत बजाउनेछ ।

रानीले बिहीबार स्यान्ड्रिङ्घममा आफ्नो जन्मदिन मनाउन हेलिकप्टरबाट नोर्फोक स्टेटमा पुग्नेछिन् र त्यहाँ परिवार एवं साथीहरूकाे बीचमा जन्मदिन मनाउनेछिन् । उनी त्यहाँ विशेष गरी श्रीमान् प्रिन्स फिलिपले मन पराउने एस्टेटको कटेजमा बस्ने अपेक्षा गरिएको छ ।

एलिजाबेथले आफ्ना बुबा राजा जर्जको मृत्युपछि ६ फेब्रुअरी १९५२ मा बेलायतको शासन सम्हालेकी थिइन् । उनी बेलायतको इतिहासमा सबैभन्दा लामो शासन गर्ने पहिलो महिला हुन् ।

साथै जुनमा उनकाे शासनको ७० वर्ष पूरा भएको अवसरमा ‘प्लेटिनम जुबली’मा यो वर्ष विशेष बार्बी डलले सम्मान गरिने भएको छ । बार्बी डल निर्माता मेटलले ‘रोयल बार्बी फर द क्विन’ डिजाइन गरेकाे छ । यो ट्रिब्युट कलेक्शनअन्तर्गत डिजाइन गरिएको हो ।

कम्पनीले महारानीको ९६औं जन्मदिनको अवसर पारेर उक्त बार्बी डल बिहीबार बजारमा ल्याएको हो । एलिजाबेथको शासनको ७० वर्ष पुगेको अवसरमा आयोजित समारोहमा महारानीलाई यो सम्मान दिइनेछ ।

प्लेटिनम जुबली उत्सव कार्यक्रम जुन २ देखि ५ सम्म चल्नेछ । सेतो गाउनमा सजिएको बार्बीले नीलो झोला भिरेको छ, जसमा साना युवतीहरु छन् । बार्बीले एउटा ताज पनि लगाएको छ । जुन एलिजाबेथले उनको विवाहको दिन लगाएको ताजसँग मिल्दोजुल्दो छ ।

एलिजाबेथलाई उनको प्लेटिनम जुबली अघि सम्मान गर्न सिर्जना गरिएको बार्बी डल जुन महिनाको सुरुमा लन्डन स्टोर ह्यारोड्स, सेल्फ्रिज र ह्याम्लेजमा बेचिनेछ ।

रानीको अस्वस्थताका कारण यो वर्ष शाही परिवारका लागि खासै विशेष हुन सकेन । उनको अवस्थाले राजतन्त्रको भविष्य बारे पनि प्रश्न उठायो । रानी अस्वस्थ भएपछि उनका जेठो छोरा एवं उत्तराधिकारी प्रिन्स चाल्र्सले दरबार सम्हाल्न सहयोग गरे ।