सलमानको कार्यक्रममा शिव र सुवानीसँगै १४ भन्दा बढी कलाकारको प्रस्तुति
काठमाडौं । आगामी वैशाख १५ मा नेपालमा हुन लागेको बलिउड अभिनेता सलमान खानको कार्यक्रममा १४ भन्दा बढी नेपाली कलाकारले आफ्ना सांगीतिक प्रस्तुति दिने भएका छन् ।
सलमानको ‘द दबङ रिलोडेड टुर’का लागि शिव परियार, सुवानी मोक्तान, सुशान्त केसी र त्रिशला गुरुङले गायन प्रस्तुति दिनेछन् ।
यस्तै, रोहित शाक्य, सबीर श्रेष्ठ, प्रवीणकुमार श्रेष्ठ, स्वप्न सुमन, टुनाबेल थापा र संगीता दुलालले पनि गायन प्रस्तुति दिने आयोजक ओडिसी इन्टरटेनमेन्टले जनाएको छ ।
यसैगरी, कार्यक्रममा अभिनेत्रीद्वय मुना गौचन र माला लिम्बूले डान्स प्रस्तुति दिने निश्चित भएको तथा अझै केही कलाकार थपिने आयोजकको भनाइ छ ।
साथै, डिजे प्रेम र रेडमसले डिजेइङ प्रस्तुति दिने छन् भने सञ्जय गुप्ताले कन्सर्ट होस्ट गर्ने प्रबन्ध निर्देशक सीमान्त गुरुङले जानकारी दिए ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया