NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

युक्रेनलाई थप सैन्य सहायता पठाउने अमेरिकाको घोषणा

काठमाडौं । अमेरिकाले रुसको आक्रमण झेलिरहेको युक्रेनमा थप सैन्य सहायता पठाउने घोषणा गरेको छ । रुसले युक्रेनमाथिको हमलालाई थप बढावा दिइरहेका बेला अमेरिकाले थप सहायता पठाउने भएको हो ।

बिबिसीका अनुसार, अमेरिकी राष्ट्रपति जो बाइडनले ८० करोड डलरबराबरको थप सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेका छन् । स्वतन्त्रता रक्षाका निम्ति सहायता गर्न लागिएको उनको भनाइ छ ।

सैन्य सहायताअन्तर्गत हतियार, गोलाबारूद र रणनीतिक ड्रोनलगायत छन् ।

सहायता सामग्री युक्रेन पुग्न भने केही समय लाग्ने बताइएको छ ।

युक्रेनमाथि रुसले गत फेब्रुवरी २४ बाट रुसले हमला गरेयता अमेरिकाले तीन अर्ब डलरभन्दा बढीको सैन्य सहायता पठाइसकेको छ ।