आइएमई जनरल इन्स्योरेन्सको एजिएम आज, यस्ता छन् एजेण्डा
काठमाडमाैं । आइएमई जनरल इन्स्योरेन्सले २४औ वार्षिक साधारणसभा आज हुँदैछ । कम्पनीले कम्पनी ऐन, २०६३ को दफा ३७ अनुसार सेयरधनीलाई उपस्थितिका लागि अनुरोध गरेको छ ।
कम्पनीले साधारण सभामा आर्थिक वर्ष ०७७/०७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, आव ०७७/०७८ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब, र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचि पारित गर्ने छ । साथै आव ०७८/०७९ को लेखापरिक्षण गर्नको लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै कम्पनीले अधिकृत पूँजी वृद्धि गरी विशेष प्रस्ताव गर्ने, आव ०७७र०७८ को मुनाफाबाट कम्पनीको चुक्ता पूँजी बराबरको बोनस सेयर जारी गर्ने, संशोधित प्रबन्धपत्र तथा नियामावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरबदल गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित हुने कम्पनीले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया