NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

अपर सोलु हाइड्रोले आइपिओ निष्कासन गर्न बोर्डबाट पायो अनुमति

काठमाडौं । अपर सोलु हाईड्रो इलेक्ट्रिक कम्पनीले साधारण सेयर (आइपीओ) निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले ३३ करोड ७ लाख ५० हजार रुपैयाँको ३३ लाख ७ हजार ५०० कित्ता सेयर निष्कासन गर्नको लागि बोर्डमा आवेदन दिएको थियो ।

बोर्डले कम्पनीलाई आइपीओ निष्कासन गर्न बुधबार अनुमति दिएको हो । कम्पनीले उक्त सेयर आयोजना प्रभावीत स्थानीय र सर्वसाधारणका लागि निष्कासन गर्न लागेको छ । कम्पनीको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष