NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

नेपालको व्यापार घाटा भारतसँग मात्रै ७ खर्ब ७३ अर्ब, कुन देशसँग कति ?

काठमाडाैं । चालु आर्थिक वर्षको ९ महिनासम्म आइपुग्दा नेपालको व्यापार घाटा चुलिएको छ । साउनदेखि चैत्र मसान्तसम्ममा नेपालको विभिन्न मूलुकसँग कुल व्यापार घाटा ब्यापार घाटा १३ खर्ब ६ अर्ब ८ करोड रूपैयाँ पुगेको छ ।

अघिल्लो आवको यहि अवधिको तुलनामा नेपालको ब्यापार घाटा २८.४७ प्रतिशतले बढेको हो । अघिल्लो आवको पहिलो ९ महिनामा नेपालको ब्यापार घाटा १० खर्ब १६ अर्ब थियो ।

नेपालको व्यापार १६२ मूलुकहरूबाट हुँदै आएको छ । नेपालको बढी व्यापार हुने मूलुक भनेको छिमेकी राष्ट्र भारत र चीन नै हुन् । यी मूलुकसँगै नै नेपालको व्यापारघाटा सबैभन्दा धेरै छ ।

भारतसँग नेपालको व्यापार घाटा

नेपालले सबैभन्दा बढी भारतबाट वस्तु आयात गर्दै आएको छ । त्यसैले सबैभन्दा बढी व्यापार घाटा पनि भारतसँग नै छ । चालु  आवको नौ महिनाको अवधिमा नेपालले भारतबाट ९ खर्ब १७ अर्ब २४ लाख बढीको आयात गरेको छ भने एक खर्ब २७ अर्ब ८९ करोड ५४ लाख बराबरको निर्यात गरेको छ । नेपालको कुल व्यापार घाटाको ५९.२४ प्रतिशत व्यापार घाटा भारतसँग मात्रै छ ।

चालु आवको ९ महिनासम्ममा आइपुग्दा भारतसँग नेपालको व्यापार घाटा ७ खर्ब ७३ अर्ब ८० करोड ७० लाख २३ हजार रूपैयाँ व्यापार घाटा  पुगेको छ । जबकि नेपालको व्यापार घाटा १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रूपैयाँ छ ।

चीनसँग नेपालको भारत

भारतपछि सबैभन्दा बढी व्यापार नेपालले छिमकी राष्ट्र चीनसँग गर्दै आएको छ । चालु आवको चैत्रसम्ममा चीनबाट दुई खर्ब ११ अर्ब पाँच करोड ८० लाख बराबरको आयात भएको छ भने ६२ करोड २८ लाख ६२ हजारको मात्र निर्यात भएको छ । चैत्रसम्ममा चीनसँग नेपालको व्यापार घाटा कुल व्यापार घाटाको १६.११ प्रतिशत अर्थात २ खर्ब १० अर्ब ४२ करोड ५१ लाख ७५ हजार रूपैयाँ रहेको छ ।

अर्ब भन्दा बढी व्यापार घाटा भएको देश

नेपालको १६२ मूलुकमध्ये ३५ मूलुकसँग अर्बभन्दा बढी व्यापार घाटा छ । चीनपछि नेपालको धरै व्यापार घाटा भएको मूलुक युनाइटेड अर्ब हो । उक्त मूलुकसँग नेपालको व्यापार घाटा ३७ अर्ब ३५ करोड ९२ लाख ९५ हजार रूपैयाँ छ।

त्यस्तै पराग्बेसँग नेपालको व्यापार घाटा ३५ अर्ब ३१ करोड ८२ लाख ६८ हजार रूपैयाँ छ । अर्जेटिनासँग नेपालको व्यापार घाटा ३२ अर्ब ४९ लाख १५ लाख ३४ हजार रूपैयाँ छ भने इन्डोनिसियासँग नेपालको व्यापारघाटा ३० अर्ब ७७ करोड ४२ लाख ६६ हजार रूपैयाँ छ ।

अर्ब व्यापारघाटा भएको मूलुलको विवरण यस्तो छ :