NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

दाङको एक मस्जिदमा आक्रमण, आठजना घाइते

काठमाडौं । दाङको एक मस्जिदमा आक्रमण भएको छ । अपरिचित व्यक्तिको समूहबाट आक्रमण हुँदा शुक्रबार नवाज पढिरहेका आठजना घाइते भएका छन् ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको दाङ प्रहरीले जनाएको छ । उनको टाउकोमा चोट लागेको बताइएको छ ।

सुनन्त फैजाने रजा मस्जिद, लमहीमा नवाज पढिरहेको बेला बाहिरबाट आएका अपरिचित व्यक्तिहरूको समूहले धारिलो हतियार र इँटा प्रहार गरेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख पुष्पराज थापाले बताए ।

घाइते हुनेहरूमा ६४ वर्षीय गुठे कुरेसी, ३३ वर्षीय अरसद अली, सवविर अली, ५२ वर्षीय मोहम्मद कासिम, २९ वर्षीय सकिल अली, ६५ वर्षीय दिल मोहम्मद मियाँ, २५ वर्षीय कमाल अली र ४२ वर्षीय मोहम्मद याक दिन अली रहेका छन् ।

घाइतेहरूको दाङका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।