धनगढीमा पनि कांग्रेस छोड्नेको लर्को
काठमाडौं । भागबण्डामा धनगढी उपमहागरपालिकाको मेयर माओवादीलाई दिइएपछि कांग्रेसमा असन्तुष्टि जनाउँदै राजीनामा दिनेको लर्को लागेको छ ।
यस क्रममा धनगढीमा कांग्रेसका झण्डै एक सय कार्यकर्ताले राजीनामा दिएका छन् । धनगढी उपमहागरपालिका कार्यसमितिको १८ वडा समितिका सभापति भक्त थापासहित झण्डै एक सय कार्यकर्ताले सामूहिक राजीनामा दिएका हुन् ।
पार्टी कार्यालय पुगेर उनीहरूले सामूहिक राजीनामा दिएका हुन् ।
यस अघि जनकपुरमा उपमहानगरपालिको नेतृत्व जसपालाई दिइएको भन्दै कांग्रेस नगर सभापति मनोज साहले राजीनामा दिएका थिए ।
पोखरा, भरतपुरसहितका स्थानमा पनि मेयरको टिकट अर्को दललाई दिइएको भन्दै असन्तुष्टि छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया