टिकटकले ६५ हजार पाकिस्तानी भिडियो हटायो
काठमाडौं । पाकिस्तानीले बनाएको ६५ हजार भिडियो टिकटकले हटाइदिएको छ । छोटा भिडियो पोस्ट गर्न मिल्ने सामाजिक सञ्जालको रुपमा रहेको टिकटकबाट हिंसा भड्काउन सघाउ पु¥याउने भिडियोहरू हटाएको जनाइएको छ ।
टिकटककै सामाजिक निर्देशिका अनुसार पनि ती भिडियोहरू राखिरहनु उपयुक्त नहुने ठानेर हटाइएको हो ।
अति धेरै भिडियोहरु एकै चरणमा हटाइएका देशहरूमध्ये पाकिस्तान तेस्रो भएको समाचारमा जनाइएको छ ।
हालै सार्वजनिक भएको सामाजिक निर्देशिका उलंघनसम्बन्धी प्रतिवेदनका अनुसार पाकिस्तानीले बनाएको ६५ लाख ६३ हजार ५९४ ओटा भिडियो हटाइएको हो । सोही अवधिमा कूल आठ करोड ५७ लाख ९४ हजार २२२ ओटा भिडियो हटाइएको छ ।
सामाजिक सञ्जालको रूपमा टिकटक पछिल्लो समय दिनप्रति दिन लोकप्रिय हुँदै गइरहेको छ । सोही अनुपातमा विकृति र विसङगति पनि बढिरहेको पाइएको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया