NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

कांग्रेसको पदाधिकारी बैठक जारी : लगत्तै उम्मेदवार टुंग्याउन कार्यसम्पादनको बैठक, कहाँ को बन्दैछन् उम्मेदवार ?

काठमाडौं । आन्तरिक विवाद बढ्दै गएपछि कांग्रेसमा महानगर, उपमहामहागरसहितमा उम्मेदवार चयन गर्न सकस भएको छ । शीर्ष नेतृत्व तहमा उम्मेदवारको साझा व्यक्तिमा सहमति हुनै सकस परिरहेको हो । तर आज उम्मेदवार टुंग्याउनैपर्ने दबाब कांग्रेससामु छ ।

यसैको लागि अहिले केन्द्रीय कार्यालय सानेपामा पदाधिकारसहित शीर्ष नेताको बैठक जारी छ । पदाधिकारी तहमा तीन महानगर र ७ वटा उपमहानगरसहितमा उम्मेदवार टुंग्याएर कार्यसम्पादन समितिबाट अनुमोदन गराउने तयारी कांग्रेसको छ । वैशाख ३० को निर्वाचन अन्तर्गत आज र भोलि उम्मेदवार मनोनयनको कार्यतालिका छ ।

कहाँ बन्लान् उम्मेदवार ?

कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको मेयर पाएको छ । काठमाडौंमा कांग्रेसले सिर्जना सिंहलाई अघि सार्दै छ । ललितपुरमा चिरीबाबुको नाममा लगभग सहमति जुटिसकेको छ ।

महानगर र उपमहानगरको उम्मेदवार चयन गर्न कांग्रेस बैठक भोलि, कहाँ कसको सम्भावना बढी ?

ललितपुरमा अमृत अर्याल, डा. संग्रौला र भीम पराजुलीमध्ये एक मेयरको उम्मेदवार बन्ने सम्भावना छ ।

विराटनगरमा डा. शेखर कोइरालाले आफू अनुकुलको उम्मेदवार खोजेपछि ढिलाई भएको बताइएको छ ।
उपमहानगरपालिकाका मेयर र उपमेयरमा पनि कांग्रेसलाई मेयरको उम्मेदवार चयन गर्न गाह्रो परेको हो ।

काठमाडौंमा एमालेले केशव स्थापितलाई मेयरमा उठाएको छ । उनी २०५४ सालमा पनि काठमाडौं मेयर बनेका थिए । यस्तोमा कांग्रेसलाई जित्नसक्ने प्रभावशाली उम्मेदवार उठाउनुपर्ने चुनौती थपिएको छ । तर काठमाडौंमा प्रभाव भएका प्रकाशमान सिंहकी श्रीमती सिर्जनालाई कांग्रेसले अगाडि सारेको हो । काठमाडौंमा गत चुनावमा एमालेले र मेयर कांग्रेसले उपमेयर जितेको थियो ।

कांग्रेसको बलियो प्रभाव रहेको विराटनगरमा डिला संग्रौला बन्लिन् मेयरको उम्मेदवार ?

ताजा अपडेट

नेपालवाच विशेष