कांग्रेसको पदाधिकारी बैठक जारी : लगत्तै उम्मेदवार टुंग्याउन कार्यसम्पादनको बैठक, कहाँ को बन्दैछन् उम्मेदवार ?
काठमाडौं । आन्तरिक विवाद बढ्दै गएपछि कांग्रेसमा महानगर, उपमहामहागरसहितमा उम्मेदवार चयन गर्न सकस भएको छ । शीर्ष नेतृत्व तहमा उम्मेदवारको साझा व्यक्तिमा सहमति हुनै सकस परिरहेको हो । तर आज उम्मेदवार टुंग्याउनैपर्ने दबाब कांग्रेससामु छ ।
यसैको लागि अहिले केन्द्रीय कार्यालय सानेपामा पदाधिकारसहित शीर्ष नेताको बैठक जारी छ । पदाधिकारी तहमा तीन महानगर र ७ वटा उपमहानगरसहितमा उम्मेदवार टुंग्याएर कार्यसम्पादन समितिबाट अनुमोदन गराउने तयारी कांग्रेसको छ । वैशाख ३० को निर्वाचन अन्तर्गत आज र भोलि उम्मेदवार मनोनयनको कार्यतालिका छ ।
कहाँ बन्लान् उम्मेदवार ?
कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको मेयर पाएको छ । काठमाडौंमा कांग्रेसले सिर्जना सिंहलाई अघि सार्दै छ । ललितपुरमा चिरीबाबुको नाममा लगभग सहमति जुटिसकेको छ ।
महानगर र उपमहानगरको उम्मेदवार चयन गर्न कांग्रेस बैठक भोलि, कहाँ कसको सम्भावना बढी ?
ललितपुरमा अमृत अर्याल, डा. संग्रौला र भीम पराजुलीमध्ये एक मेयरको उम्मेदवार बन्ने सम्भावना छ ।
विराटनगरमा डा. शेखर कोइरालाले आफू अनुकुलको उम्मेदवार खोजेपछि ढिलाई भएको बताइएको छ ।
उपमहानगरपालिकाका मेयर र उपमेयरमा पनि कांग्रेसलाई मेयरको उम्मेदवार चयन गर्न गाह्रो परेको हो ।
काठमाडौंमा एमालेले केशव स्थापितलाई मेयरमा उठाएको छ । उनी २०५४ सालमा पनि काठमाडौं मेयर बनेका थिए । यस्तोमा कांग्रेसलाई जित्नसक्ने प्रभावशाली उम्मेदवार उठाउनुपर्ने चुनौती थपिएको छ । तर काठमाडौंमा प्रभाव भएका प्रकाशमान सिंहकी श्रीमती सिर्जनालाई कांग्रेसले अगाडि सारेको हो । काठमाडौंमा गत चुनावमा एमालेले र मेयर कांग्रेसले उपमेयर जितेको थियो ।
कांग्रेसको बलियो प्रभाव रहेको विराटनगरमा डिला संग्रौला बन्लिन् मेयरको उम्मेदवार ?
ताजा अपडेट
-
संविधान जति राम्रो भए पनि चलाउने हात इमानदार नभए कागज मात्र हुन्छ : प्रधानमन्त्री बालेन
-
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका २४२ स्ववासी परिवारले पाए लालपुर्जा
-
संविधान समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्छ : सभापति रवि लामिछाने
-
फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन
-
पश्चिम नवलपरासीबाट ८० लाख रुपैयाँभन्दा बढीका मोबाइल पार्ट्स बरामद


प्रतिक्रिया