NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

ललितपुरका सबै स्थानीय तहमा कांग्रेस र माओवादीले यसरी मिलाए भागबण्डा

काठमाडौं । ललितपुरको पाँच स्थानीय तहमा कांग्रेस र माओवादी केन्द्रले भागबण्डा गरेका छन् । आइतबार बसेको प्रदेश स्तरीय गठबन्धनको बैठकमा एक नगरपालिका प्रमुख र दुई गाउँपालिकाको अध्यक्ष कांग्रेसले लिने सहमति भएको छ ।

यस्तै, एक नगरपालिका र एक गाउँपालिका माओवादी केन्द्रले लिने सहमति भएको छ । कांग्रेस वाग्मती प्रदेशका सभापति इन्द्र बानियाँ र माओवादीका अध्यक्ष सरल सहयात्री पौडेले जारी गरेको विज्ञप्तिअनुसार गोदावरी नगरपालिका प्रमुख र उपप्रमुख कांग्रेसले लिएको छ ।

महालक्ष्मी नगरपालिका प्रमुख माओवादी केन्द्रले लिएको छ । त्यस्तै उपप्रमुख कांग्रेसले पाएको छ । यसैगरी कोन्ज्योसोम गाउँपालिका अध्यक्ष माओवादीले प्राप्त गरेको छ भने उपाध्यक्ष कांग्रेसले लिएको छ ।

त्यस्तै, वाग्मती र महांकालको अध्यक्ष कांग्रेसले लिएको छ । उपाध्यक्ष माओवादीले पाएको छ ।

विज्ञप्तिमा एकीकृत समाजवादीको तर्फबाट कसैले पनि हस्ताक्षर गरेको छैन । यसअघि ललितपुर महानगरपालिका प्रमुख कांग्रेसले लिने र उपप्रमुख माओवादीलाई दिने सहमति भइसकेको छ ।

No description available.

यस्ता छन् एमालेले छनोट गरेका ६ महानगरका प्रमुख/उप्रमुख

ताजा अपडेट

नेपालवाच विशेष