पत्रकार रोशनराज पाण्डेमाथि भएको भौतिक आक्रामणप्रति महासंघको ध्यानाकर्षण
काठमाडौं । पत्रकार रोसनराज पाण्डेमाथि काभ्रेमा भएको भौतिक आक्रामणप्रति नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश समितिको ध्यानाकर्षण भएको छ ।महासंघले सोमबार विज्ञप्ती जारी गर्दै उक्त घटनामा प्रदेश समितिको ध्यानकर्षण भएको जानकारी दिएको हो ।
पत्रकार पाण्डे समितिको सचिवसमेत हुन् । पत्रकार पाण्डेमाथि आइतबार भौतिक आक्रमण भएको थियो । उक्त आक्रमणमा पत्रकार पाण्डेको अनुहार तथा टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ ।
यस घटनामा संविधानमा नै सबै नागरिकले आक्रमण, धम्की, डर तथा त्रासबिना शान्तिपूर्वक बाँच्न पाउने हक भएपनि सचिव पाण्डेमाथि भएको आक्रमण दण्डनीय कार्य रहेको समितिको ठहर छ ।
पाण्डेले उक्त घटनामा उनीमाथि कूल्साङ लामा र उनको समूहले आक्रमण गरेको दाबी गरेका छन् । समितिले घटनाप्रति खेद व्यक्त गर्दै घोर भत्र्सना गरेको छ । साथै समितिले दोषीलाई पक्राउ गरी कानुनको दायरामा ल्याई कानुनी राज्यको प्रत्याभूति गराउन सरकारसँग मागसमेत गरेको छ ।

ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया