निजामती कर्मचारीका सन्तानलाई छात्रवृत्ति, खुल्यो आवेदन
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन कार्यालय, शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिले निजामती कर्मचारीका सन्तानको लागि आवेदन खुलाएको छ । मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को स्वीकृत वार्षिक उत्सवको अधिनमा रही मन्त्रीपरिषद्बाट स्वीकृत ‘निजामती कर्मचारीका सन्तानलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने सम्बन्धी निर्देशिका’बमोजिम आवेदन खुलाएको हो ।
उक्त शैक्षिक प्रोत्साहन वृतिका आवश्यक योग्यताका लागि निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल वा नेपाल सरकार, प्रदेश सरकार स्थानिय तह वा अन्य सार्वजनिक सेवाको पदमा स्थायी नियुक्ति नभएको तोकिएको छ । त्यस्तै १२ कक्षा वा सो सरहको परीक्षामा कम्तीमा सि प्लस वा जीपिए २.४ वा सो सरह अंक प्राप्त गरी उत्तीर्ण भएको हुनुपर्नेछ ।
मन्त्रालयका अनुसार निजमती कर्मचारीको सन्तानको उमेर २५ वर्ष ननाघेको हुनुपर्नेछ । आवेदन सूचना जारी भएको १५ दिनभित्र दिनुपर्ने मन्त्रालयले जनाएको छ । साथै आवेदन समितिको वेवसाइटमार्फत अनलाईन आवेदनसमेत दिन सक्ने छन् ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया