NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

प्रधानमन्त्री देउवाले दिए फ्रान्सका राष्ट्रपतिलाई बधाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले फ्रान्सका नवनिर्वाचित राष्ट्रपति इम्मानुयल म्याक्रोँलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री देउवाले आज ट्वीट गर्दै उनलाई फ्रान्सको राष्ट्रपतिमा पुनःनिर्वाचित भएकामा बधाई तथा शुभकामना दिएका छन् ।

प्रधानमन्त्री देउवाले फ्रान्सेली जनताले अर्को प्रजातान्त्रिक अभ्यास पूरा गरेको उल्लेख गर्दै नेपाल–फ्रान्स मैत्री सम्बन्धलाई थप सुदृढ बनाउनका लागि मिलेर काम गर्न तत्पर रहेको बताएका छन् ।

फ्रान्सका राष्ट्रपति म्याक्रोँ अर्को कार्यकालका लागि पुनःनिर्वाचित भएका हुन् ।

म्याक्राेंकाे जितले फ्रान्सका मुस्लिममा कस्ताे अर्थ राख्छ ?