चौथो व्यापार प्रवर्द्धन मेला बिहीबारदेखि, १९ कम्पनीका ३० स्टल रहने

काठमाडाैं । चौथो व्यापार प्रवर्द्धन मेला (जुत्ता चप्पल मेला) २०७९ आउँदो बिहीबारदेखि अर्थात वैशाख १५ गतेदेखि सुरु हुने भएको छ । उक्त व्यापार मेला काठमाडौंस्थित भृकुटीमण्डपमा हुन लागेको फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालले जनाएको छ ।
एशोसिएसनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी गराएको हो । आयोजकका अनुसार मेला जेठ ८ गतेसम्म सञ्चालन हुने छ । उक्त मेलामा नेपालमा उत्पादित जुत्ता चप्पल तथा छालाजनय वस्तुहरु लेडिज जेन्स बच्चा सबैलाई समेट्ने गरी गर्मी सिजन, बिहे पार्टीका लािग लक्षित उत्पादनहरु रहेने आयोजकले जनाएको छ । आयोजकका अनुसार मेलामा जुनसुकै सामान किन्दा १० देखि ५० प्रतिशतसम्मका छुट पाउने छन् ।
एशोसिएनका उपाध्यक्ष रुद्र प्रसाद न्योपानेले स्वदेशी उत्पादनका बारेमा आम उपभोक्तालाई स्थलगत अवलोकन गराई आफ्ना उत्पादनका बारेमा जानकारी दिनको लागि मेला आयोजना गर्न लागेको बताए । स्वदेशी उत्पादनलाइ प्रवद्र्घन गर्न प्रर्दशनी मेलाको माध्यमबाट प्रचारप्रसार गरी बाह्य बजारसमेत विस्तार गर्ने रणनीतिक पहल आयोजकले अघि सारेको उनको भनाइ छ ।
विदेशी जुत्ता चप्पल तथा छालाका वस्तुको आयातलाई प्रतिस्थापन गरी ती वस्तुहरु नेपालमै उत्पादन गरी मूलुकलाई आत्मनिर्भर बनाउने लक्ष्य एशोसिएनको रहेको छ ।
आयोजका अनुसार मेलामा बेस ग्लोबल प्रालि, बेस फुटवेयर इण्डस्ट्रिज, शिखर शुज इण्डस्ट्रिज, कोशेली छाला जुत्ता उद्योग, लालीगुराँस फुटवेयर, रोयल फुटवेयर इण्डस्ट्रिज, शुभकामाना फुटवेयर प्रोडक्ट नेपाल, पवित्र शुज इण्डस्ट्रिज, रन शुज इण्डस्ट्रिज कम्पनीको सहभागिता रहेको छ । त्यस्तै स्मार्ट सुज, वान ओल्र्ड फुटवेयर। सुरभी पोलीमर्स, सम्राट शुज। नमस्ते फुटवेयर, ओएशिस फुटवेयर, किरण शुज म्यानुफ्याक्चर्स, बोस सुज, फुटस्टेप सुज र नियासा सुजको उपस्थितिगरी १९ कम्पनीको सहभागिता मेलामा रहेको छ ।
उक्त प्रर्दशनी मेलामा २० लाख ५० हजारभन्दा बढी स्वदेशी तथा विदेशी आगन्तुकहरुले भ्रमण गर्ने आयोजकको अनुमान छ । साथै आयोजकले मेलामा ३ करोड बराबरको कारोबार हुने अपेक्षासमेत गरेका छ ।
प्रतिक्रिया