NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

सिवाइसी लघुवित्तको आइपिओ बिहीबार बाडँफाड हुने, माग भन्दा बढी आवेदन

काठमाडौं । सिवाइसी लघुवित्तको आइपिओ बिहीबार बाडँफाड हुने भएको छ । लघुवित्तले वैशाख २ गतेदेखि ६ गतेसम्म उक्त आइपिओ सर्वसाधारणको लागि बिक्री खुलाएको थियो ।

लघुवित्तले कुल ३ लाख ९५ हजार ३ सय ३६ कित्ता आइपिओ बिक्रीमा ल्याएको थियो । जसमा १९ हजार ७ सय ६६ कित्ता सामूहिक लगानी कोषतर्फ, ६ हजार ८२ कित्ता कर्मचारीतर्फ र बाँकी ३ लाख ६९ हजार ४ सय ८८ कित्ता सर्वसाधारणतर्फ आवेदन कम्पनीले खुलाएको थियो ।

कम्पनीका अनुसार उक्त आइपिओमा मागभन्दा ६९.७९ गुणा बढी आवेदन परेको छ । मागभन्दा बढी आवेदन परेकाले ३६ हजार ९ सय ४८ जनाले मात्र सेयर पाउँनेछन् भने २२ लाख ४७ हजार ९ सय आवेदकको हात खाली रहने छ ।

कम्पनीले बिहीबार बिहान ९ बजे आइपिओ बाडँफाड गर्ने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ ।