सिवाइसी लघुवित्तको आइपिओ बिहीबार बाडँफाड हुने, माग भन्दा बढी आवेदन
काठमाडौं । सिवाइसी लघुवित्तको आइपिओ बिहीबार बाडँफाड हुने भएको छ । लघुवित्तले वैशाख २ गतेदेखि ६ गतेसम्म उक्त आइपिओ सर्वसाधारणको लागि बिक्री खुलाएको थियो ।
लघुवित्तले कुल ३ लाख ९५ हजार ३ सय ३६ कित्ता आइपिओ बिक्रीमा ल्याएको थियो । जसमा १९ हजार ७ सय ६६ कित्ता सामूहिक लगानी कोषतर्फ, ६ हजार ८२ कित्ता कर्मचारीतर्फ र बाँकी ३ लाख ६९ हजार ४ सय ८८ कित्ता सर्वसाधारणतर्फ आवेदन कम्पनीले खुलाएको थियो ।
कम्पनीका अनुसार उक्त आइपिओमा मागभन्दा ६९.७९ गुणा बढी आवेदन परेको छ । मागभन्दा बढी आवेदन परेकाले ३६ हजार ९ सय ४८ जनाले मात्र सेयर पाउँनेछन् भने २२ लाख ४७ हजार ९ सय आवेदकको हात खाली रहने छ ।
कम्पनीले बिहीबार बिहान ९ बजे आइपिओ बाडँफाड गर्ने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया