राष्ट्र बैंकका गभर्नर अधिकारीको मुद्दा हेर्दा–हेर्दैमा
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दा हेर्दा–हेर्दैमा राखिएको छ । आफूलाई हटाउने ढंगले गरिएको जाँचबुझ आयोग खारेजीको माग गर्दै गर्भनर अधिकारीले सर्वोच्च अदालतमा दर्ता गराएको रिटमाथिको सुनुवाइ हेर्दा–हेर्दैमा राखिएको हो ।
सो मुद्दा न्यायाधीश सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाइ भइरहेकाे छ । मंगलबार भएको सुनुवाइ हेर्दा हेर्दैमा रहेको हो । दुवै पक्षको बहस नसकिएकाले उक्त मुद्दा हेर्दा–हेर्दैमा राखिएको सर्वोच्च स्रोतले जनाएको छ ।
महत्वपूर्ण सूचना चुहाएको आरोप लगाउँदै सरकारले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो । तर, हरि फुयालको इजलासले अल्पकालीन अन्तरिम आदेशमार्फत उनलाई काममा फर्किन बाटो खुलाएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया