NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

चेर्नोबिलमा विकिरण असामान्य स्तरमा : एएई

किएभ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी एएईका महानिर्देशक राफेल ग्रोसीले चेर्नोबिल आणविक उर्जा केन्द्रमा विकिरणको स्तर असामान्य भएको बताएका छन् ।

यो पावर स्टेशन अहिले प्रयोगमा छैन । त्यहाँ सन् १९८६ मा इतिहासकै सबैभन्दा ठूलो आणविक दुर्घटना भएको थियो ।

यसलाई अझै पनि आणविक वस्तुका फोहोरहरु भण्डारण गर्न प्रयोग गरिन्छ । समाचार एजेन्सी एएफपीका अनुसार ग्रोसीले पत्रकारहरुसँग कैयौं सातासम्म रुसको कब्जामा रहेको यो स्टेशन धेरै खतरनाक थियो ।

रुसी सेनाले फेब्रुअरीमा युक्रेनमा आक्रमण सुरु गरेको केही दिनमै चेर्नोबिल आणविक प्लान्ट कब्जा गरेको थियो ।