NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

आइएमई लाइफको वार्षिक साधारणसभा आज, आइपिओ जारी गर्ने प्रस्ताव पेश गर्दै

काठमाडाैं । आइएमई लाइफ इन्सुरेन्सको आज चौथो वार्षिक साधारण सभा बस्दैछ । सभा  बेगनास हल, -याडिसन होटल लाजिम्पाट काठमाडौंमा बिहान ११ बजे सुरु हुँदैछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने विशेष प्रस्ताव पेश गर्नेछ ।

सभामा आव २०७६–७७ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा रहेको छ । साथै आव २०७७–७८ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ ।

अन्य इन्सुरेन्स कम्पनीहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।