NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

विप्लवका सचिवालय सदस्य बाँस्तोला र वली बर्खास्त

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला र हेमन्प्रकाश वली बर्खास्त भएका छन् ।

पार्टी हितविपरीत कार्य गरेको भन्दै यी दुई नेतालाई विप्लवले पदमुक्त गरेका हुन् ।

विप्लवका एक केन्द्रीय नेताले बाँस्तोला र वलीलाई बर्खास्त गरिएको नेपालवाचलाई बताए ।

विप्लवको पार्टीमा स्थानीय तह निर्वाचनलाई लिएर विवाद चर्किएको थियो । संस्थापन पक्ष यसलाई उपयोग गर्ने पक्षमा उभिँदा बाँस्तोला–वली पक्ष संसदीय चुनावमा भाग लिन नहुने अडानमा थियो । पार्टी सम्बद्धले स्वतन्त्र उम्मेदवारी दिएपछि बाँस्तोला र वलीले विज्ञप्ति नै जारी गरेर फिर्ता लिन आह्वान गरेका थिए ।

योसँगै एक वर्षअघि मात्रै मूलधारमा फर्किएको विप्लवको दल विभाजित हुने भएको छ । बास्तोला र वलीले यसअघि नै विप्लवबाट अलग हुने संकेत गरिसकेका थिए ।

अहिलेको राजनीतिक प्रणाली परिवर्तन गर्नुपर्ने मुख्य राजनीतिक एजेण्डा लिएर सशस्त्र संघर्षको बाटोमा हिँडेका विप्लव मूलधारमा फर्किएयता कमजोर बन्दै गएका छन् । मूलधारमा फर्किएलगत्तै पटक पटक विभाजन खेपेको यो दललाई बाँस्तोला र वलीको बहिर्गमनले ठूलो धक्का पुग्ने ठानिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष