जर्मनीले फेर्यो नीति, युक्रेनलाई हतियार पठाउने
काठमाडौं । रुसले युक्रेनमा आक्रमण गरेपछि कडा कारबाही नगरेको भन्दै आन्तरिक र अन्तर्राष्ट्रिय रूपमा आलोचना भएपछि जर्मनीले आफ्नो नीति परिवर्तन गर्दै युक्रेनलाई हतियार पठाउने भएको छ ।
जर्मन सरकारले युक्रेनमा ५० वटा एन्टि एयरक्राफ्ट ट्यांक पठाउने घोषणा गरेको छ ।
रक्षा मन्त्री क्रिस्टिन ल्याम्ब्रेक्टले मंगलबार जर्मनीको रामस्टेन अमेरिकी वायुसेना आधारमा अन्तर्राष्ट्रिय रक्षा अधिकारीहरूको बैठकमा युक्रेनलाई भारी हतियार उपलब्ध गराउने घोषणा गरेका हुन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार युद्ध सुरु भएयता जर्मनीले युक्रेनमा पहिलोपटक भारी हतियार पठाउन लागेको हो । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले जर्मनीको निर्णयको स्वागत गरेका छन् ।
जर्मनीका रक्षामन्त्रीसँग कुरा गरेपछि अस्टिनले भने, ‘यो हतियार प्रणालीले युक्रेनलाई रुसविरुद्ध लड्ने उच्च क्षमता दिनेछ ।’
युक्रेनी राजदूतलगायत धेरै आलोचकहरूले जर्मनीले युक्रेनलाई हतियार प्रदान नगरेको दाबी गर्दै आएका छन् । साथै जर्मनीले रुसको ऊर्जा आयातमा पनि प्रतिबन्ध नलगाएकाले विश्वको एउटा शक्तिमा हुनुपर्ने नेतृत्व जर्मनीले नदेखाएको आरोप लागेको छ ।
जर्मनीको विदेश नीति अनुसार यसले द्वन्द्वग्रस्त क्षेत्र वा संलग्न देशहरूलाई हतियार दिँदैन । तर रुसले युक्रेनमा आक्रमण गरेपछि जर्मनीले आफ्नो विदेश नीति परिवर्तन गरेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया