चिकित्सा शिक्षा प्रमाणपत्र नभइ क्लिनिक चलाएको आरोपमा दुईजना पक्राउ
काठमाडौं । चिकित्सा शिक्षा प्रमाणपत्र प्राप्त नभइ क्लिनिक सञ्चालन गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङ पथरी–शनिश्ररे १ स्थित श्रीराम पाइल्स क्लिनिकका सञ्चालक भारतको दार्जिलिङ घर भएका २७ वर्षीय पर्सनजित बर्मन र सुन्दरहरैचा ३ गछिया चौकमा कल्पना आयुर्वेदिक क्लिनिक सञ्चालन गर्दै आएका दार्जिलिङकै २९ वर्षीय सनोड मण्डल रहेका छन् ।
प्रहरीका अनुसार डाक्टर हुँ भन्दै क्लिनिक सञ्चालन गरेर ठगी गरिहेको सूचनाका आधारमा उनीहरूलाई सोमबार पक्राउ गिरएको हो ।
उनीहरूलाई जिल्ला अदालतले पाँचदिन म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया