चिकित्सा शिक्षा प्रमाणपत्र नभइ क्लिनिक चलाएको आरोपमा दुईजना पक्राउ

काठमाडौं । चिकित्सा शिक्षा प्रमाणपत्र प्राप्त नभइ क्लिनिक सञ्चालन गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङ पथरी–शनिश्ररे १ स्थित श्रीराम पाइल्स क्लिनिकका सञ्चालक भारतको दार्जिलिङ घर भएका २७ वर्षीय पर्सनजित बर्मन र सुन्दरहरैचा ३ गछिया चौकमा कल्पना आयुर्वेदिक क्लिनिक सञ्चालन गर्दै आएका दार्जिलिङकै २९ वर्षीय सनोड मण्डल रहेका छन् ।
प्रहरीका अनुसार डाक्टर हुँ भन्दै क्लिनिक सञ्चालन गरेर ठगी गरिहेको सूचनाका आधारमा उनीहरूलाई सोमबार पक्राउ गिरएको हो ।
उनीहरूलाई जिल्ला अदालतले पाँचदिन म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया