ग्लोबल आइएमई बैंकद्वारा भिडियो केवाइसी प्रणाली सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भिडियो केवाइसी प्रणाली सुचारु गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेड र डिजिटल नेटवर्क सोलुसन प्रालिबीच भएको सम्झौतासँगै बैंकले यो सेवा सुचारु गरेको हो ।
उक्त सम्झौता भिडियो केवाइसी प्रणाली विकास र कार्यान्वयनका लागि गरिएको कार्यक्रममा जानकारी दिइयो ।
सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका नायब महाप्रबन्धक कल्याण विक्रम पाँडे र डिजिटल नेटवर्क प्रालिका प्रमुख कार्यकारी अधिकृत अरुण खत्रीले हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात ग्लोबल आइएमई बैंकका ग्राहकहरूले अनलाइन भिडियो कलमार्फत आफ्नो केवाइसी अपडेट गर्न सक्नेछन् । बैंकले सुचारु गरेको यस सेवाले ग्राहक प्रत्यक्षरुपमा लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गरी बैंकले समय–समयमा यस किसिमका नयाँ योजना ल्याउदै आएको कार्यक्रममा जानकारी दिइयो ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले ७६ जिल्लामा रहेका २८७ शाखा, २५२ एटिएम, २७५ शाखासहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको बताइएको छ ।
त्यसैगरी, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको दाबी बैंकले गरेको छ ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया