NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

राष्ट्र बैंकद्वारा सेवा निवृत्त १० कार्यकारी निर्देशक सम्मानित

काठमाडाैं । नेपाल राष्ट्र बैंकले कार्यकारी निर्देशकको पदमा रहेर सेवा निवृत्त भएका १० जना कार्यकारी निर्देशकलाई प्रशांसपत्रसहित सम्मान गरेको छ । राष्ट्र बैंकले आफ्नो ६७ औं वार्षिक उत्सवको अवसरमा उनीहरुलाई सम्मान गरेको हो ।

राष्ट्र बैंकद्वारा सम्मानित हुनेहरुमा तत्कालिन कार्यकारी निर्देशक श्वर्गीय जनक बहादुर अधिकारी रहेका छन् । उनको प्रशंसापत्र भने उनकी पत्नी कमला अधिकारीले ग्रहण गरेकी छिन् । त्यस्तै सम्मानित हुने अन्य कार्यकारी निर्देशकहरुमा भिष्मराज ढुंगना, झलक शर्मा, कमला अधिकारी, नारायण प्रसाद पौडेल, नर बहादुर थापा, सुनिल उदास, सरिता भट्ट (अधिकारी), लक्ष्मी प्रपन्न निरौला, महेश्वर लाल श्रेष्ठ र भुवन कँडेल रहेका छन् ।

कोरोना महामारीको कारण २०७६ सालदेखि राष्ट्र बैंकले वार्षिक उत्सव कार्यक्रमको आयोजना गर्न सकेको थिएन । त्यसैले २०७६ सालपछि सेवा निवृत्त भएका कार्यकारी निर्देशकलाई आज ६७ औं वार्षिक दिवसको अवसरमा उक्त प्रशंसापत्र प्रदान गरेको हो ।

राष्ट्र बैंकको सदस्यको रुपमा सेवामा प्रवेश गरी आफनो जीवनको उर्जमाय समय बैंकको सेवामा समर्पित गरी सेवा निवृत भई सेवाकालमा पु-याएको योगदानको कदर गर्दै उनीहरुलाई प्रशांपत्र प्रदान गरेको हो ।

त्यस्तै राष्ट बैंकले वार्षिक उत्सवको अवसरमा पूर्व गर्भनर एवं अर्थविद् तिलक बहादुर रावललाई सम्मान गरेकाे छ । बैंकले उनलाई नेपालको आर्थिक मौद्रिक वित्तिय एवं व्यवस्थपकिए क्षेत्रमा उल्लेखीय योगदान पु -याएकोमा र बैंकको गरिमाय पदमा रही आफ्नो कर्मक्षेत्रमा निष्ठापूर्वक समर्पित हुँदै नेपालको आर्थिक क्षेत्रमा उत्थानमा अनवरत रुपमा कार्य गरेकोमा उनको योगदानलाई कदर गर्दै सम्मान गरेको छ ।

त्यसैगरी राष्ट्र बैंकद्वारा २० वर्ष सेवा पूरा गरी अवकाश प्राप्त गर्ने १०८ जना कर्मचारी सम्मानित भएका छन् ।