ग्लोबल आएमई बैंकले माग्यो सिनिएर अफिसर र अफिसर

काठमाडौं । ग्लोबल आएमई बैंकले सिनीएर अफिसर र अफिसर माग गरेको छ । बैंले विज्ञापन निकाल्दै उक्त पदपूर्तिका लागि आवेदन खुलाएको हो ।
बैंकका अनुसार उम्मेदवारको उमेर न्यूनतम २५ वर्ष भएको र ३५ वर्ष ननाघेको हुनुपर्ने छ भने उम्मेदवारले कम्तीमा वातावरण विज्ञान र वातावरण इन्जिनियरमा २.७५ प्रतिशत जिपिए ल्याएको हुनुपर्ने छ ।
बैंकले उक्त पदका लागि शैक्षिक योग्यता सिनिएर अफिसरको लागि इजिनियरीङ तथा वातावरण विज्ञानमा पाँच वर्ष अनुभव भएको र हाल वाणिज्य बैंकमा कार्यरत भएको तोकेको छ ।
त्यस्तै बैंकले अफिसरको लागि इजिनियरीङ तथा वातावरण विज्ञानमा कम्तीमा तीन वर्षको अनुभव तथा हाल वाणिज्य बैंकमा कार्यरत भएको जनाएको छ । उक्त पदमा काम गर्नेले वातावरण र सामाजिक संयोजकको रुपमा काम गर्नुपर्ने बैंकले विज्ञापनमा उल्लेख गरेको छ । साथै उम्मेदवारले आउँदो वैशाख २८ गते बुधबार सम्म आवेदन दिन सक्नेछन् ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया