ग्लोबल आएमई बैंकले माग्यो सिनिएर अफिसर र अफिसर
काठमाडौं । ग्लोबल आएमई बैंकले सिनीएर अफिसर र अफिसर माग गरेको छ । बैंले विज्ञापन निकाल्दै उक्त पदपूर्तिका लागि आवेदन खुलाएको हो ।
बैंकका अनुसार उम्मेदवारको उमेर न्यूनतम २५ वर्ष भएको र ३५ वर्ष ननाघेको हुनुपर्ने छ भने उम्मेदवारले कम्तीमा वातावरण विज्ञान र वातावरण इन्जिनियरमा २.७५ प्रतिशत जिपिए ल्याएको हुनुपर्ने छ ।
बैंकले उक्त पदका लागि शैक्षिक योग्यता सिनिएर अफिसरको लागि इजिनियरीङ तथा वातावरण विज्ञानमा पाँच वर्ष अनुभव भएको र हाल वाणिज्य बैंकमा कार्यरत भएको तोकेको छ ।
त्यस्तै बैंकले अफिसरको लागि इजिनियरीङ तथा वातावरण विज्ञानमा कम्तीमा तीन वर्षको अनुभव तथा हाल वाणिज्य बैंकमा कार्यरत भएको जनाएको छ । उक्त पदमा काम गर्नेले वातावरण र सामाजिक संयोजकको रुपमा काम गर्नुपर्ने बैंकले विज्ञापनमा उल्लेख गरेको छ । साथै उम्मेदवारले आउँदो वैशाख २८ गते बुधबार सम्म आवेदन दिन सक्नेछन् ।

ताजा अपडेट
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग


प्रतिक्रिया