NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

प्रशिक्षक अल्मुताइरीप्रति कप्तान किरण पनि असन्तुष्ट, गरे विद्रोहको समर्थन

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले आफ्ना सहकर्मीहरू प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीविरुद्ध गरेको विद्रोहको समर्थन गरेका छन् ।

हाल क्लब फुटबलको ड्युटीका क्रममा माल्दिभ्समा रहेका किरणले सामाजिक सञ्जालमार्फत खेलाडीहरूको समर्थन गरेका हुन् ।

उनले राष्ट्रिय टोलीको क्याम्पमा खेलाडीहरूप्रति प्रशिक्षकले गरेको व्यवहार सन्तोजनक नभएको बताएका छन् । खेलाडीले आफ्ना जायज आवाज उठाउन पाउनुपर्ने उनको तर्क छ ।

‘राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ । राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सही होइन । टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैं खेलाडीको पक्षमा छु’, उनले फेसबुकमा लेखेका छन् ।

प्रशिक्षकसँग मनमुटाबपछि १० खेलाडीले छोडे राष्ट्रिय टिमको क्याम्प