रुसले ग्यास र व्यापारलाई हतियार बनाएको युक्रेनको आरोप
किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले ग्यास र व्यापारलाई हतियारको रुपमा प्रयोग गरेको आरोप लगाएका छन् । रुसले ग्यास आपूर्ति रोकेर युक्रेनविरुद्धको युद्धमा दबाब सिर्जना गर्न प्रयोग गरिरहेको जेलेन्स्कीको दाबी छ ।
रुसले बुधबार पोल्यान्ड र बुल्गेरियालाई ग्यास आपूर्ति बन्द गरेपछि जेलेन्स्कीको यस्तो भनाइ आएको हो ।
दुवै देशले रुबलमा तिर्न अस्वीकार गरेका कारण ग्यास आपूर्ति बन्द गरेको रुसको भनाइ छ । रुसको यो कदमको कडा आलोचना भइरहेको छ ।
युरोपेली आयोगका प्रमुख उर्सुला भोन डर लेनले केही युरोपेली देशहरूलाई ग्यास आपूर्ति रोक्ने रुसको निर्णय ब्ल्याकमेल गर्ने हतियार भएको बताएकी छन् ।
उनले रुसको यो निर्णय अनुचित र अस्वीकार्य भएको बताए । यसबाट ग्यास आपूर्ति गर्ने राष्ट्रका रूपमा रुसले अविश्वसनीयता देखाएको छ ।
रुसको ऊर्जा कम्पनी गाजप्रोमले रुबलमा तिर्न अस्वीकार गरेको कारण पोल्यान्ड र बुल्गेरियालाई ग्यास आपूर्ति बन्द गरेको बताएको छ । अर्कोतर्फ, पोल्यान्डको ग्यास आपूर्ति गर्ने कम्पनी पिजिएनआईजीले गाजप्रोमले ग्यास आपूर्ति रोकेर सम्झौता उल्लंघन गरेको जनाएको छ । यसका लागि कानुनी माध्यमबाट क्षतिपूर्ति पाउन प्रयास गरिने कम्पनीले जनाएको छ ।
रुसको यो कदमप्रति बेलायतले पनि प्रतिक्रिया दिएको छ । बेलायतका उपप्रधानमन्त्री डोमिनिक रोबले ग्यास आपूर्तिमा कटौती गर्ने निर्णयले रुसले आफूलाई थप एक्लो बनाएको बताएका छन् ।
स्काई न्यूजसँगको कुराकानीमा उनले रुसमा यसको उल्टो असर पर्ने दाबी गरे ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया