NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

युद्धले युक्रेनमा ६ सय अर्बकाे क्षति, २ हजार किमि सडक र ३ सय पुल ध्वस्त

काठमाडौं । रुसी आक्रमणबाट युक्रेनको अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धका कारण देशले ६ सय अर्ब डलरभन्दा बढीको नोक्सानी बेहोरेको र सयौं उद्योगधन्दा ध्वस्त भएको बताएका छन् । यसबाहेक करिब २ हजार ५ सय किलोमिटर सडक र तीन सय पुल भत्किएका छन् ।

अर्कोतर्फ, पश्चिमा मुलुकले लगाएको प्रतिबन्धका कारण रुसको तेल उत्पादनमा पनि ठूलो धक्का लागेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार रुसी बैंक र जहाजमाथिको प्रतिबन्धका कारण यस वर्ष यसको तेल उत्पादन १७ प्रतिशतले घट्ने छ ।

यस्तै, युद्धविराम गरेर यसका अन्य समस्या समाधान गर्न वार्ता अगाडि बढाउने उद्देश्यले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस रुसी राष्ट्रपति पुटिनसँगको भेटपछि युक्रेन पुगेका छन् । उनले किएभनजिकैको बोरोडिएन्का सहरको भ्रमण पनि गरे ।

यस क्रममा उनले युद्धलाई भयानक र मूर्खतापूर्ण भनेका छन् । उनले भने, ‘म जनताको पीडा महसुस गर्न सक्छु । यो लडाई मुर्खता हो । २१ औं शताब्दीमा हामीले कुनै पनि युद्धलाई स्वीकार गर्न सक्दैनौं ।’