NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

व्यापार घाटा १७ खर्ब पुग्ने तथ्यांक विभागको अनुमान

काठमाडाैं । चालु आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक व्यापार घाटा मात्रै करिब १७ खर्ब पुग्ने प्रक्षेपण गरेको छ । केन्द्रीय तथ्यांक विभागले बिहीबार उक्त प्रक्षेपण सार्वजनिक गरेको हो । चालु आवको ९ महिना आइपुग्दा व्यापार घाटा १३ खर्ब भन्दा माथि छ ।

त्यस्तै चालु आवमा  आयात २० खर्ब रुपैयाँ र निर्यात ३ खर्ब २० अर्ब पुग्ने  विभागले अनुमान गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार कुल वस्तु आयात १४ खर्ब ६६ अर्ब ६६ करोड रुपैयाँ बराबरको भएको छ । यो अवधिमा निर्यात १ खर्ब ६० अर्ब ५७ करोड रुपैयाँ बराबरको मात्र भएको छ ।