NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

फ्रान्सका राष्ट्रपतिमाथि सार्वजनिक स्थानमा गोलभेंडा प्रहार

पेरिस । फ्रान्समा चुनाव जितेर सार्वजनिक भ्रमणमा निस्केका राष्ट्रपति इमानुएल म्याक्रोंमाथि स्थानीयले गोलभेंडा प्रहार गरेका छन् ।

राष्ट्रपति म्याक्रों पेरिसको एक स्थानीय बजारमा पुगेका थिए । त्यहाँ उनलाई स्थानीयहरुले घेरे । म्याक्रोंका गार्डहरुले भीडलाई रोक्ने प्रयास गरेका थिए । यसबाट आक्रोशित भएका मानिसहरूले झडपसमेत गरेका थिए ।

यसैबीच कतिपयले आफ्नो झोलाबाट टमाटर निकालेर राष्ट्रपतिमाथि प्रहार गर्न थाले । राष्ट्रपतिका गार्डहरुले ढाकेर म्याक्रोँलाई जोगाएर सुरक्षित स्थानमा पुर्याएका थिए । फ्रान्समा इमानुएल म्याक्रों राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि आइतबारदेखि पेरिसमा विरोध प्रदर्शन सुरु भएको छ ।

म्याक्रोंले आइतबार अति दक्षिणपन्थी नेता मारिन ले पेनलाई पराजित गर्दै आगामी पाँच वर्षका लागि पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन् । म्याक्रोंलाई गत वर्ष पनि ड्रोम क्षेत्रको भ्रमणका क्रममा एक व्यक्तिले थप्पड हानेका थिए । पछि यस मुद्दामा दुई व्यक्ति पक्राउ परे ।

यसबाहेक गत वर्ष मात्रै फ्रान्सेली ग्यास्ट्रोनोमी प्रवर्द्धन गर्न लियोन गएका म्याक्रोंलाई एक व्यक्तिले अण्डा हानेका थिए ।

‘विभे ला क्रान्ति’ नारा लगाउँदै यी व्यक्तिले म्याक्रोंमाथि अण्डा हानेका थिए । अण्डा म्याक्रोंको बायाँ काँधमा लागेको थियो । उनको बायाँ काँधमा ठोक्कियो । यो नारा फ्रान्सेली क्रान्तिको सन्दर्भमा प्रयोग गरिन्छ ।