NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

राष्ट्र संघका महासचिव युक्रेनमै रहेका बेला रुसद्वारा क्षेप्यास्त्र प्रहार

काठमाडौं (एजेन्सी) । संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटरेस युक्रेनको राजधानी किएभमा रहेकै बेला रुसले दुई क्षेप्यास्त्र प्रहार गरेको छ ।

दुई देशबीच जारी युद्धको अन्त्यको प्रयास निम्ति गुटरेस रुसपछि युक्रेन पुगेका थिए । तर उनी युक्रेनमा रहेकै बेला केन्द्रीय डिस्ट्रिक्टमा अवस्थित एउटा २५ तल्ले भवनलाई निशाना बनाएर रुसले क्षेप्यास्त्र प्रहार गरेको छ । घटनामा कैयौँ मानिसहरू घाइते भएको समाचारहरूमा जनाइएको छ ।

युक्रेनका आन्तरिक मामिला सल्लाहकार एन्टोन हेरासचेन्कोले क्रुज क्षेप्यास्त्रको इन्जिनको तस्बिर पोस्ट् गर्दै त्यो क्राइमिया (रुस) बाट प्रहार भएको बताएका छन् ।

घटनापछि प्रतिक्रिया दिँदै गुटरेसले त्यसबाट आफू स्तब्ध बनेको बताएका छन् । रुसको यो हर्कले विश्व संगठनप्रतिको उसको धारणा उजागर गरेको भन्दै त्यसको कडा प्रतिवाद गर्नुपर्ने धारणा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राखेका छन् । साथै उनले यी आक्रमणले युक्रेनलाई सोच्न बाध्य बनाएको उल्लेख गरेका छन् ।