राष्ट्र संघका महासचिव युक्रेनमै रहेका बेला रुसद्वारा क्षेप्यास्त्र प्रहार
काठमाडौं (एजेन्सी) । संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटरेस युक्रेनको राजधानी किएभमा रहेकै बेला रुसले दुई क्षेप्यास्त्र प्रहार गरेको छ ।
दुई देशबीच जारी युद्धको अन्त्यको प्रयास निम्ति गुटरेस रुसपछि युक्रेन पुगेका थिए । तर उनी युक्रेनमा रहेकै बेला केन्द्रीय डिस्ट्रिक्टमा अवस्थित एउटा २५ तल्ले भवनलाई निशाना बनाएर रुसले क्षेप्यास्त्र प्रहार गरेको छ । घटनामा कैयौँ मानिसहरू घाइते भएको समाचारहरूमा जनाइएको छ ।
युक्रेनका आन्तरिक मामिला सल्लाहकार एन्टोन हेरासचेन्कोले क्रुज क्षेप्यास्त्रको इन्जिनको तस्बिर पोस्ट् गर्दै त्यो क्राइमिया (रुस) बाट प्रहार भएको बताएका छन् ।
घटनापछि प्रतिक्रिया दिँदै गुटरेसले त्यसबाट आफू स्तब्ध बनेको बताएका छन् । रुसको यो हर्कले विश्व संगठनप्रतिको उसको धारणा उजागर गरेको भन्दै त्यसको कडा प्रतिवाद गर्नुपर्ने धारणा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राखेका छन् । साथै उनले यी आक्रमणले युक्रेनलाई सोच्न बाध्य बनाएको उल्लेख गरेका छन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया