संकटग्रस्त श्रीलंकालाई विश्व बैंकले ६० करोड डलर सहयोग गर्ने
काठमाडौं । विश्व बैंकले श्रीलंकालाई ६० करोड डलर आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । अत्यावश्यक वस्तुहरुको आयातका लागि खर्च गर्ने गरी विश्व बैंकले सहयोग वित्तीय उपलब्ध गराउन लागेको श्रीलंका सरकारले जानकारी गराएको छ ।
सहयोग रकममध्ये ४० करोड डलर भने तत्कालै उपलब्ध हुनेछ । आर्थिक संकटबाट बाहिर निस्कनका लागि श्रीलंकालाई निरन्तर सहयोग गर्दै जाने पनि विश्व बैंकले जनाएको छ । विश्व बैंकले सहयोग गर्ने खबर बाहिरिएपछि श्रीलंकाको सेयर बजारसमेत बुधबार सकारात्मक बनेको थियो ।
श्रीलंकाले विभिन्न राष्ट्रहरुसहित बहुपक्षीय संगठनहरुसँग आर्थिक सहयोगका लागि अपिल गर्दै आएको छ । छिमेकी राष्ट्र भारतले हालै मात्र १.९ अर्ब डलर सहयोग गरेको थियो । श्रीलंकाले इन्धनसहित अन्य आयातका लागि थप १.५ अर्ब डलर सहयोग गर्न भारतसँग छलफल गरिरहेको छ ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया