संकटग्रस्त श्रीलंकालाई विश्व बैंकले ६० करोड डलर सहयोग गर्ने

काठमाडौं । विश्व बैंकले श्रीलंकालाई ६० करोड डलर आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । अत्यावश्यक वस्तुहरुको आयातका लागि खर्च गर्ने गरी विश्व बैंकले सहयोग वित्तीय उपलब्ध गराउन लागेको श्रीलंका सरकारले जानकारी गराएको छ ।
सहयोग रकममध्ये ४० करोड डलर भने तत्कालै उपलब्ध हुनेछ । आर्थिक संकटबाट बाहिर निस्कनका लागि श्रीलंकालाई निरन्तर सहयोग गर्दै जाने पनि विश्व बैंकले जनाएको छ । विश्व बैंकले सहयोग गर्ने खबर बाहिरिएपछि श्रीलंकाको सेयर बजारसमेत बुधबार सकारात्मक बनेको थियो ।
श्रीलंकाले विभिन्न राष्ट्रहरुसहित बहुपक्षीय संगठनहरुसँग आर्थिक सहयोगका लागि अपिल गर्दै आएको छ । छिमेकी राष्ट्र भारतले हालै मात्र १.९ अर्ब डलर सहयोग गरेको थियो । श्रीलंकाले इन्धनसहित अन्य आयातका लागि थप १.५ अर्ब डलर सहयोग गर्न भारतसँग छलफल गरिरहेको छ ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया