क्वाड बैठकमा रुसविरुद्ध संयुक्त प्रतिक्रियाको मुद्दा उठाउने
वाशिंटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना टोकियोमा हुने क्वाड शिखर सम्मेलनमा रुसविरुद्धको एकीकृत प्रतिक्रियाको मुद्दा उठाउने बताइएको छ । सो अवसरमा युक्रेनलाई सहयोग गर्न वाशिङटनले चालेका कदमबारे अद्यावधिक जानकारी पनि दिइनेछ।
ह्वाइट हाउसले बिहीबार बताएअनुसार जापानले मे २४ मा टोकियोमा क्वाड्रिलेटरल सेक्युरिटी डायलग (क्वाड) राष्ट्रका नेताहरूको शिखर सम्मेलनको घोषणा गरेपछि यो कुरा आएको हो ।
बाइडेनले रुसलाई एकीकृत प्रतिक्रियाको मुद्दा उठाउने कि नउठाउने भन्ने प्रश्नको जवाफमा ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले भनिन्, ‘हामी यस बैठकमा पनि त्यही भावना व्यक्त गर्नेछौं ।अब, यो बैठक केही हप्ता टाढा छ, त्यसैले यस बीचमा धेरै कुरा विकसित हुन पनि हुन सक्छ ।’
साकीले भनिन्, ‘निश्चय पनि, राष्ट्रपतिले हामीले के गर्दैछौं र त्यस समयमा घटनाक्रम कहाँ खडा हुने छन् भन्नेबारे बताउनेछन् ।’ अमेरिका र दुई राष्ट्रबीचको सहकार्यलाई बढावा दिन बाइडेनले मे २० देखि २४ मा दक्षिण कोरिया र जापानको भ्रमण गर्नेसमेत ह्वाइट हाउसले बुधबार घोषणा गरेको छ ।
टोकियोमा राष्ट्रपति बाइडेनले अष्ट्रेलिया, जापान, भारत र अमेरिकाका क्वाड समूहका नेता पनि भेट्नेछन् । गत वर्ष सेप्टेम्बरमा, राष्ट्रपति बाइडेनले अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन जापानी प्रधानमन्त्री योशिहिदे सुगालाई ह्वाइट हाउसमा क्वाडको प्रत्यक्षरूपमा आयोजित पहिलो शिखर सम्मेलनमा स्वागत गरेका थिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया