NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

राष्ट्र संघद्वारा काबुलको मस्जिदमा भएको ‘घातक विस्फोट’को निन्दा

न्युयोर्क । संयुक्त राष्ट्र संघले अफगानिस्तानको राजधानी काबुलमा रहेको सुफी मस्जिदमा शुक्रबार भएको ‘घातक विस्फोट’ को निन्दा गरेको छ ।विस्फोटमा कम्तिमा १० व्यक्तिको मृत्यु भएको छ भने १५ भन्दा बढी घाइते भएका छन् ।

सहरको पश्चिममा दारुलमान क्षेत्रमा अवस्थित खलिफा साहिब मस्जिदमा भएको विस्फोट राजधानी र प्रान्तहरूमा नागरिक लक्ष्यहरूमा भएका शृङ्खलाबद्ध आक्रमणहरूमा सबैभन्दा पछिल्लो घटना हो ।

संयुक्त राष्ट्र संघ समाचारका अनुसार स्थानीय अस्पतालहरूले धेरै हताहतको आँकडा प्रस्तुत गरेका छन् । जसमा दर्जनौं मारिएका र घाइते भएका छन् । ती मध्ये धेरै बालबालिकाहरू छन् ।

गैर-सरकारी संस्था इमर्जेन्सीद्वारा सञ्चालित एउटा अस्पतालले मात्र २० जनाभन्दा बढी पीडितहरूलाई भर्ना लिएको थियो ।। जसमध्ये दुईजनाको मृत्यु भएको संयुक्त राष्ट्र संघले जनाएको छ । अफगानिस्तानमा संयुक्त राष्ट्र संघ मानवीय संयोजक रमिज अलकबारोभले एक विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘रमजानको पवित्र हप्ताको अन्तिम शुक्रबार भएको विष्फोट अफगानिस्तानका जनताका लागि अर्को पीडादायी प्रहार होजो निरन्तर असुरक्षा र हिंसाको सामना गरिरहेका छन्’ उनले भने ।

आफ्नो दैनिक कामप्रार्थनाको लागि भेला हुने, विद्यालय वा बजार जाँदा वा कामको बाटोमा जाँदा नागरिकहरूलाई अन्धाधुन्ध रूपमा निशाना बनाइनु अनुचित हो’ उनले थपे ।

बिहीबार, उत्तरी अफगानिस्तानको मजार ए शरीफ सहरमा दुईवटा मिनी बसहरूमा भएका छुट्टाछुट्टै विस्फोटमा कम्तिमा नौ जनाको मृत्यु भएको छ र १५ जना घाइते भएका छन् ।

अलकबारोभले नागरिक र मस्जिदलगायत नागरिक पूर्वाधारविरुद्ध प्रत्यक्ष आक्रमण गर्न अन्तरराष्ट्रिय मानवीय कानुनले कडा रूपमा निषेध गरेको पनि स्मरण गराएका छन् ।