मतपत्र दार्चुला आइपुग्यो

दार्चुला । आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लामा ९९ हजार मतपत्र आइपुगेको छ । ती मतपत्रलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी चित्रप्रकाश जोशीका अनुसार निर्वाचनको लागि चाहिने आवश्यक ५८ प्रकारका सामग्री जिल्ला पुगेको छ । निर्वाचन सामग्री आइपुगेसंगै निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी तीब्र रुपमा अगाडि बढिरहेको जनाइएको छ ।
हरेक मतदानस्थल र केन्द्रको लागि सामग्री छुट्याउने काम भइरहेको निर्वाचन अधिकारी प्रदीपसिंह धामीले बताए । निर्वाचनमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृतको लागि एक दुई दिनभित्रै तालिमको आयोजना गर्ने तयारी छ । निर्वाचनमा जिल्लामा एक हजार बढी कर्मचारी खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ । जिल्लामा कूल ८८ हजार २८५ मतदाता छन् । कार्यालयका अनुसार ११० मतदानस्थल र १३९ मतदान केन्द्र तोकिएको छ ।
ताजा अपडेट
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
-
ट्रम्पद्वारा रुसमाथि नयाँ प्रतिबन्धको सङ्केत
-
सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कपको उपाधि
प्रतिक्रिया