श्रीलंकामा औषधिको मूल्य ४० प्रतिशतले बढ्यो
कोलम्बो । आर्थिक संकटसँग संघर्ष गरिरहेको श्रीलंकामा धेरै प्रयोग गरिने औषधिहरुको मूल्य ह्वात्तै बढेको छ । त्यहाँ डेढ महिनाभित्र दोस्रोपटक औषधिको मूल्यवृद्धि भएको हो ।
एन्टिबायोटिक, दुखाइ कम गर्ने केही औषधि र मुटुको समस्या भएकाले प्रयोग गर्ने औषधिको मूल्य ४० प्रतिशतसम्म बढेको छ । बालबालिकालाई दिइने एन्टिबायोटिक, स्टेरोइडजस्ता औषधि त्यहाँ अभाव भएको छ
श्रीलंकालीहरूले औषधिको छोटो अवधिका लिन बाध्य भएका छन् वा उनीहरुले विदेशबाट हुने आपूर्तिमा भर पर्नुपरेको छ । औषधिको अभावका कारण मूल्यवृद्धि गर्नुबाहेक सरकारले अन्य विकल्प नभएको बताएको छ ।
यसले अप्ठ्यारो आर्थिक संकटको बीचमा विदेशी मुद्रा सञ्चितिको ह्रासलाई कम गर्न सहयोग गर्ने विश्वास गरिएको छ । आर्थिक संकटका कारण सरकारले विदेशबाट खाद्यान्न, इन्धन, औषधिलगायतकाे आयातमा सीमित बनाएकाे छ ।
अभाव बढ्दै जाँदा हजारौं मानिसले सरकारको राजीनामा माग गर्दै विरोध प्रदर्शनहरू गर्दै आएका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया