४८ अंकले घट्यो नेप्से, १ अर्ब ४२ करोडको कारोबार

काठमाडाैं । यो साताको पहिलो कारोबार दिन सोमबार नेप्से दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सेञ्च (नेप्से) का अनुसार आज नेप्से ४८.७३ अंकले घटेर २३०७.४४ विन्दुमा पुगेको छ ।
आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.४५ अंकले घटेर ४४१.४९ विन्दुमा पुगेको छ । आज कुल २२८ कम्पनीको ३९ लाख ७८ हजार ७९ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ४२ करोड ३४ लाख ९८ हजार २९२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेको छ । आज सबैभन्दा बढी वित्तको ४.२४ प्रतिशतले सेयरमूल्य घटेको छ । अन्य उपसमूहममा उत्पादनको २.०४ र सामूहिक लगानी कोषको ०.६३ प्रतिशतले घटेको छ ।
बैंकिङ १.०३, विकास बैंक ३.०८, व्यापार१.४१, होटल तथा पर्यटन ३.०७, जलविद्युत् ३.५८, लघुवित्त १.४५, जीवन बीमा २.७२ र लगानी २.२३ अंकले घटेको छ । त्यस्तै निर्जीवन बीमा २.०४ र अन्यको सेयर मूल्य ३.३८ प्रतिशतले घटेको छ ।
आज जाल्पा लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै अर्थात ९.९९ प्रतिशतले कमाएका छन् । त्यस्तै आज नेपाल फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । उक्त कम्पनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।
कारोबारको आधारमा आज सबैभन्दा बढी अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले कारोबार गरेको छ । उक्त कम्पनीले आज ४ करोड ७३ लाख ५६ हजार ७४३ रूपैयाँ बराबरको कारोबार गरेको छ । त्यस्तै हिमालयन डिष्टिलरी लिमिटेडले ४ करोड ३८ लाख ३० हजार ५६३ रूपैयाँको कारोबार भएको छ ।
ताजा अपडेट
-
निजामती सेवा विधेयकमा भएको चलखेल जनताप्रतिको बेइमानी : नेता शर्मा
-
जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
प्रतिक्रिया