गोली चलेकोबारे विराटनगरका एसपीको प्रतिक्रिया, ‘मेरो कार्यक्षेत्रभित्र परेन’
काठमाडौं । मोरङका प्रहरी उपरीक्षक (एसपी) शान्तिराज कोइरालाले विराटनगरको सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली चलाएको विषय आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका छन् ।
नेपालवाचसँग कुरा गर्दै उनले सीमापारी घटेको घटना आफ्नो कार्यक्षेत्रको नपर्ने भएकाले केही बोल्न नमिल्ने प्रतिक्रिया दिए ।
‘यसबारे मलाई जानकारी छैन । पारीतिरको विषय हो । आफ्नो कार्यक्षेत्रभित्र परेन’, उनले भने ।
आज दिउँसो नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा बलका जवानले करिब तीन राउण्ड गाेली चलाएका थिए ।
स्थानीयका अनुसार नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१८ इस्लामपुरनजिक गोली चलेको हो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया