भारतीय कांग्रेस नेता राहुल गान्धी रारा र मुस्ताङ जाने

काठमाडौं । भारतीय कांग्रेस नेता राहुल गान्धी पाँच दिवसीय निजी यात्रामा सोमबार नेपाल आएका छन् । उनी सोमबार साँझ नेपाल आइपुगेका हुन् । गान्धीले ५ दिनको बसाइमा नेपालका विभिन्न पर्यटकीय स्थलको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
उनी पूर्व सिएनएनकर्मी एवं साथी सुम्निमा उदासको विवाहमा सहभागी हुन नेपाल आएको बताइएको छ ।
होटल हायात रेजेन्सीमा मंगलबार हुने विवाह समारोह र मे ५ मा हुने रिसेप्सनमा गान्धी सहभागी हुने सुम्निमाका बुबा भिम उदासलाई उधृत गर्दै विभिन्न सञ्चारमाध्यमले लेखेका छन् ।
इन्डो एसियन न्युज एजेन्सीका अनुसार गान्धीले रारा ताल र मुस्ताङको भ्रमण गर्नेछन् । यसअघि राहुल गान्धी सन् २०१८ मा कैलाश मानसरोवरको यात्रामा जाँदा काठमाडौं आएका थिए ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया