भारतीय कांग्रेस नेता राहुल गान्धी रारा र मुस्ताङ जाने
काठमाडौं । भारतीय कांग्रेस नेता राहुल गान्धी पाँच दिवसीय निजी यात्रामा सोमबार नेपाल आएका छन् । उनी सोमबार साँझ नेपाल आइपुगेका हुन् । गान्धीले ५ दिनको बसाइमा नेपालका विभिन्न पर्यटकीय स्थलको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
उनी पूर्व सिएनएनकर्मी एवं साथी सुम्निमा उदासको विवाहमा सहभागी हुन नेपाल आएको बताइएको छ ।
होटल हायात रेजेन्सीमा मंगलबार हुने विवाह समारोह र मे ५ मा हुने रिसेप्सनमा गान्धी सहभागी हुने सुम्निमाका बुबा भिम उदासलाई उधृत गर्दै विभिन्न सञ्चारमाध्यमले लेखेका छन् ।
इन्डो एसियन न्युज एजेन्सीका अनुसार गान्धीले रारा ताल र मुस्ताङको भ्रमण गर्नेछन् । यसअघि राहुल गान्धी सन् २०१८ मा कैलाश मानसरोवरको यात्रामा जाँदा काठमाडौं आएका थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया