NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

हाम्रो खेतीयोग्य जमिन किन बाँझो छ ? लेखापरीक्षण गर्ने बेला आएको छ : अर्थमन्त्री

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माल नेपालको खेतीयोग्य जमिन किन बाँझो छ त्यसको अडिट गर्ने बेला आएको बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्सद्वारा आयोजित प्रथम राष्ट्रिय लेखा व्यावसायी सम्मेलनमा उनले उक्त कुरा बताएका हुन् ।

अर्थमन्त्री शर्माले लेखा व्यवसाय अर्थतन्त्रको मूल आधार भएको उल्लेख गर्दै यसले अर्थतन्त्रको समग्र क्षेत्रको निरीक्षणमा खेलेको भूमिकाबारे स्पष्ट पारे । उनले भने, ‘लेखा व्यवसाय अर्थतन्त्रको मूल आधार हो, समग्रमा भन्ने हो भने अर्थतन्त्रको ऐना पनि हो । लेखापरीक्षण आफैमा अनुसशान हो । हामी कस्तो अनुशासन पालन गर्छो, निर्माण गर्छौ । अर्थतन्त्र र समग्र क्षेत्रको परीक्षण गर्ने महत्वपूर्ण जिम्वेवारी यहाँहरुको हो ।’

लेखा व्यवसायले गर्ने परीक्षणले सरकारी गैरसकरी निजी क्षेत्रको समग्र कुरालाई स्पष्ट गर्ने अर्थमन्त्री शर्माको भनाइ छ । अर्थमन्त्री शर्माले अडिट र निरीक्षण गर्ने जिम्वेवारी लेखा क्षेत्रमा मात्र नभएर सबै क्षेत्रमा आवश्यक भएको बताए । उनले भने, नेपालमा गरिबीको अवस्था किन छ ? यसको अडिट गर्ने बेला आएको छ ।’ अर्थमन्त्री शर्माले प्राकृतिक स्रोत, साधन र राष्ट्रिय सम्पतिको अडिट गर्नुपर्ने आवश्यकता औल्याएँ ।

‘हाम्रो हिमालको मूल्य कति हो, तराईको मूल्य कति हो त्यसको अडिट गर्ने बेला आएको छ । विश्व अर्थतन्त्रमा पारेको प्रभाव, आज हाम्रो व्यापार घाटा किन उच्च भइरहेको छ ? त्यसको पनि अडिट गर्नुपर्छ ।’ यी सबै कुराको पहिचान गरेर त्यसको अडिट नगरी राष्ट्रिय निर्माणलाई नयाँ दिशा दिन नसक्ने अर्थमन्त्री शर्माको भनाइ छ ।

त्यस्तै उनले आत्मनिर्भरता, स्वपुँजी, जनशक्ति र प्रविधि, पर्याप्त स्रोत र साधनलाई परिचालन गरेर अगाडि बढ्नुपर्ने बेला आएको जनाए । अर्थमनत्री शर्माल हिजो गरेका भूलचुक सच्याउने बेला आएको र त्यसलाई मिलेर सच्चाउनुपर्ने औल्याए ।