NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

बिजबजारको ‘२० मा बिज’ अभियान सुरु

काठमाडाैं । बिजबजारको छुटसहितको ‘२० मा बिज’ नामक अभियान सुरु भएको छ । नेपालका साना तथा मझौला उद्यमलाई बढवा दिदै नेपाली ट्रेडलाई डिजिटलाइज गर्ने उद्देश्यका साथ ‘जे चाहिन्छ त्यही पाइन्छ’ नाराका साथ सञ्चालनमा रहेको बिजबजारले यो महिनादेखि प्रत्येक महिनाको २० गते ‘२० मा बिज नामक क्याम्पेन सञ्चालन गर्ने भएको हो ।

बिजबजारले यो महिनाको अभियान आज राती १२ बजेबाट लाईभ गर्ने विज्ञप्तिमार्फत जनाएको छ । कम्पनीका अनुसार उक्त अभियानअन्तर्गत सेवाग्राहीहरूले प्रत्येक महिनाको २० गते बिजबजारबाट सामान खरिद गर्दा कम्पनीले तोकेका विभिन्न प्रकारका सामानहरूमा मात्र न्यूनतम २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । साथै प्रत्येक महिनाको २० गतेका दिन सामान खरिद गर्ने मध्ये लक्कि ड्रमार्फत छनोट भएका २० जना भाग्यशाली सेवाग्राहीहरूले विभिन्न २० प्रकारका उपहारहरू (१ उपहार प्रति सेवाग्राही) प्राप्त गर्नेछन् । त्यसै गरी सो अभियानअन्तर्गत प्रत्येक महिनाको २० गते बेलुका ८ बजे देखि ८ बजेर २० मिनेटसम्म भारी छुटसहितका रहस्यमय सामानहरू फ्ल्यास बिक्री पनि सञ्चालन हुने कम्पनीले जनाएको छ ।

साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो अभियान प्रभावकारी हुने विश्वास कम्पनीले व्यक्त गरेको छ । साथै २०७९ साल वैशाख ३१ सम्म सेवाग्राहीहरूलाई बिजबजारले सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुट समेत प्रदान गरिरहेको छ ।

एन्ड्रोइड फोन प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरमा गएर तुरुन्तै र सजिलै  बिजबजार अनलाइन सपिघ एप डाउनलोड गर्न सकिनेछ भनेल्याप–टप वा डेस्क–टपबाट बिजबजारको अनलाइन सपिङ सेवा लिन चाहानेले भने सिधै https://bizbazar.com.np/   मा गएर पनि यो सेवा लिन सक्नेछन् ।