वामदेवले लेखे नेकपा एसको चुनावी गीत (भिडियोसहित)
काठमाडौं । एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (नेकपा एस)को चुनावी गीत लेखेका छन् ।
नेता गौतमले ‘जनता जगाउने कलममा छाप लगाउने’ चुनावी गीत लेखेका हुन् ।
उक्त गीत भिडियोसहित युट्युबबाट आज सार्वजनिक गरिएको छ। भिडियोमा नेता गौतमलाई पनि देख्न सकिन्छ ।
नेपाल मुस्लिम इतेहाद संगठनले बजारमा ल्याएको उक्त गीतमा कृष्ण केसी र जुना श्रीष मगरले स्वर दिएका छन् ।
नेता गौतम एमाले विभाजनपछि औपचारिक रुपमा कतै लागेका छैनन् । तर, नेकपा एसको चुनावी गीत नै लेख्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
हेरौं भिडियो :
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया