आइएमई जनरलको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडाैं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीका अनुसार सो हकप्रद सेयर खरिद गर्न चाहने व्यक्ति, संस्था तथा आज तीन बजे भित्र शिलबन्दी बोलपत्र आवेदन दिन सक्नेछन् ।
इन्स्युरेन्सले कम्पनीको हकप्रद सेयर गत चैत २२ गते देखि वैशाख १३ गते सम्म बिक्री खुला गरेको थियो । उक्त हकप्रद सेयर अन्तर्गत संस्थापक समूहतर्फ दुई हजार दुई सय ६१ कित्ता र सर्वसाधारण समूह तर्फ ८८ हजार पाँच सय ३४ कित्ता सेयरको लागि आवेदन नपरेकाले कम्पनीले उक्त हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागको छ ।
आवेदनका लागि आवेदकले ग्लोबल आइएमई क्यापिटल तथा ग्लोबल आइएमई बैंकको शाखा कार्यालयमा गएर दिन सकिने कम्पनीले जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया