आइएमई जनरलको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीका अनुसार सो हकप्रद सेयर खरिद गर्न चाहने व्यक्ति, संस्था तथा आज तीन बजे भित्र शिलबन्दी बोलपत्र आवेदन दिन सक्नेछन् ।
इन्स्युरेन्सले कम्पनीको हकप्रद सेयर गत चैत २२ गते देखि वैशाख १३ गते सम्म बिक्री खुला गरेको थियो । उक्त हकप्रद सेयर अन्तर्गत संस्थापक समूहतर्फ दुई हजार दुई सय ६१ कित्ता र सर्वसाधारण समूह तर्फ ८८ हजार पाँच सय ३४ कित्ता सेयरको लागि आवेदन नपरेकाले कम्पनीले उक्त हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागको छ ।
आवेदनका लागि आवेदकले ग्लोबल आइएमई क्यापिटल तथा ग्लोबल आइएमई बैंकको शाखा कार्यालयमा गएर दिन सकिने कम्पनीले जनाएको छ ।
ताजा अपडेट
-
निजामती विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसद्प्रति अपमान हो : डा. शेखर कोइराला
-
वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवमा जोशी
-
काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै
प्रतिक्रिया