NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

मर्लिन मुनरोको मृत्यु अझै रहस्यमय : राष्ट्रपतिका भाइसँग झगडा भएको खुलासा

काठमाडौं । आफ्नो समयमा हलिउडकी चर्चित अभिनेत्री रहेकी मर्लिन मुनरोको जीवन र मृत्यु अहिलेसम्म पनि रहस्यमै छ । हालै सार्वजनिक भएको नयाँ नेटफ्लिक्स डकुमेन्ट्रीले मर्लिनको जीवन र मृत्युसँग सम्बन्धित रहस्यहरू खोल्ने प्रयास गरेको छ ।

वृत्तचित्र ‘द मिस्ट्री अफ मर्लिन मुनरोः द अनहर्ड टेप्स’ ले मुनरोसँग सम्बन्धित धेरै नसुनेका कथाहरू बताउँछ । वास्तवमा, मर्लिन मुनरोको सन् १९६२ को अगस्ट ५ मा ३६ वर्षको उमेरमा मृत्यु भएको थियो । उनको शव सुत्ने कोठामा नग्न अवस्थामा फेला परेको थियो ।

मुनरोको निधनको खबरले हलिउडलगायत विश्वलाई नै हल्लायो । मर्लिनको मृत्युलाई कसैले पत्याउन सकेनन् । पोस्टमार्टम रिपोर्टमा औषधिको ओभरडोजका कारण मृत्यु भएको उल्लेख छ । तर धेरैले यसलाई हत्या नै मान्छन् । उनको मृत्युको ६० वर्ष बितिसक्दा पनि यो रहस्य अझै सुल्झिएको छैन ।

यस वृत्तचित्रमा मर्लिन मुनरोको मृत्युको बारेमा धेरै चकित पार्ने खुलासा गरिएको छ। मर्लिन मुनरो उनको मृत्युको दिन बब केनेडीसँग रहेको खुलासा वृत्तचित्रमा गरिएको छ । बब केनेडी तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीका भाइ थिए । मर्लिन मुनरो बबलाई माया गर्थिन् र उसैसँग विवाह गर्न चाहन्थिन् ।

मृत्युअघि, मर्लिन र बब बीच भयंकर झगडा भएको थियो । वृत्तचित्रमा मर्लिन मुनरोको मृत्यु पछि बब उडानका लागि हेलिकप्टरमार्फत् विमानस्थल गएका थिए ।

मुनरोले छोटो समयमा हलिउडमा ठूलो स्थान हासिल गरिन् । आफ्नो जीवनकालमा उनी एक साँस्कृतिक प्रतिमाको रुपमा देखा परिन् । तर यो प्रसिद्धिका बावजुद पनि उनी आफ्नो जीवनप्रति खुसी थिइनन् ।

उनले धेरै विवाह गरिन् तर कसैसँग पनि राम्रो सम्बन्ध भएन । मर्लिन मुनरो आफ्नो करिअरको उचाइमा पुगेपछि डिप्रेसनमा पुगेका कारण उनी लागूऔषधको लतमा रहेकी थिइन् । मृत्यु हुनुभन्दा अघि पनि उनले डाक्टरलाई फोन गरेर आफू सुत्न नसकेको बताएकी थिइन् ।

उनको मृत्युको ६ दशक बितिसक्दा पनि मर्लिन मुनरोको क्रेज घटेको छैन । मानिसहरू अझै पनि उनको बारेमा जान्न चाहन्छन र उनीसँग सम्बन्धित चीजहरू राख्न चाहन्छन् । केही वर्षअघि उनको एउटा पुरानो कार एक फ्यानले महंगो मुल्य तिरेर किनेका थिए ।

मर्लिन मुनरोको प्रसिद्ध पेन्टिङ यसै महिना लिलामी हुँदैछ । यो २० औं शताब्दीको सबैभन्दा महँगो पेन्टिङ बन्न सक्ने विज्ञहरू बताउँछन् । यो पेन्टिङको लागत १५ सय करोड लाग्ने अनुमान गरिएको छ ।