युक्रेन : मरिउपोल थिएटरमा ६ सय बढी मारिएकाे पुष्टि
मरिउपोल । गत महिना रूसी सेनाले मरिउपोल थिएटरमा गरेकाे क्षेप्यास्त्र आक्रमणमा ६ सयभन्दा बढी मानिस मारिएका छन् । एसोसिएटेड प्रेसको एक रिपोर्टका अनुसार अहिलेसम्म आक्रमणमा ६ सयभन्दा बढी मानिस मारिएकाे बताइएकाे हाे ।
एपीले उद्धार टोलीलाई उद्धृत गर्दै रुसी आक्रमण सोचेभन्दा डरलाग्दो भएको बताएको छ ।
मरिउपोलमा करिब एक लाख सर्वसाधारण पिउने पानी, इन्धन, विद्युत् तथा सञ्चार सम्पर्कको अभावमा बस्न बाध्य छन् । त्यहाँ अहिलेसम्म पनि हमला जारी छ ।
युक्रेनले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को सदस्यता लिने तयारी गरेसँगै विभिन्न कारणले रुसले फेब्रुअरी २४ मा आक्रमण सुरु गरेको थियाे । पछिल्ला साताहरूमा रुसी सेनाले युक्रेनको पूर्वी क्षेत्रमा सैनिक कारबाही तीव्र पारेकाे छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्क्यान्डिनेभियाली राष्ट्र डेनमार्कको स्वतन्त्रताको ७७ वर्ष पूरा भएको अवसरमा एक सन्देश जारी गर्दै उनले रुस युद्ध रोक्न तयार नभएको बताए ।
उनले युक्रेन र अन्य युरोपेली देशहरू कब्जा गर्ने सपना देखिरहेको भए पनि यो सपना पूरा नहुने बताएका छन् । ‘७७ वर्षअघिको जस्तै शान्तिको सपना साकार हुनेछ’ उनले भने ।
जेलेन्स्कीले अन्य युरोपेली देशहरू पनि रुसी सेनाको आक्रमणमा पर्न सक्ने चेतावनी दिएका छन् । जेलेन्स्कीले महादेशको भविष्य युक्रेनमा तय भएको बताए । उनले भने, हामीमा मात्र नभई हाम्रा छिमेकी राष्ट्रहरूमा पनि शान्ति हुनेछ । यो युद्ध अझै कति दिन चल्छ कसैले भन्न सक्दैन, तर म पक्का छु कि हाम्रो स्वतन्त्रताका दिनहरू नजिकै आउँदैछन् ।’
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया